नियम १०४
अनुशासन र आज्ञापालन
: (१) प्रहरी कर्मचारीले आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्दछ ।
(२) प्रहरी कर्मचारीले आफ्नो सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्दछ ।
(३) प्रहरी कर्मचारीले आफू भन्दा माथिका सबै अधिकृतहरूप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ ।